अब चोक-चोकमा डमीले गाउनेछ ट्राफिक गीत

काठमाडौँ, २२ कार्तिक । ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ ।

गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।

प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।

महाशाखामा आयोजित अभियान उद्घाटन कार्यक्रममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, दीपाश्री निरौला र जितु नेपालले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरको फैसला गर्नेबित्तिकै धेरैलाई लागेको थियो, प्रधानमन्त्री केपी शर्मा ओलीले

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ ।

काठमाडौँ, १५ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021