हैदराबाद आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ, २२ कार्तिक । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद प्रवेश गरेको छ ।

यूएईमा राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए ।

अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

काठमाडौँ, ७ वैशाख । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय