हैदराबाद आईपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ, २२ कार्तिक । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबाद प्रवेश गरेको छ ।

यूएईमा राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । शेख जायद क्रिकेट मैदानमा बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादको जितमा केन विलियम्सनले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । जासन होल्डरले अविजित २४ रन बनाए । यस्तै मनिष पाण्डेले २४ रन जोड्दा कप्तान डेभिड वार्नरले १७ रन बनाए । बेङ्ग्लोरका मोहमद सिराजले २ विकेट लिए ।

अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि हैदराबाद र दिल्ली क्यापिटल्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र