काठमाडौँ, २२ कार्तिक । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ५० हजार ९७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८४ हजार ५७४ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ३४ लाख २३ हजार ३६३ जनामध्ये १८ हजार २१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४२ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार १६३ पुगेको छ ।