काँग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन

काठमाडौँ, २१ कार्तिक । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि निष्कर्ष टुंगिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजेको देखि ४ बजेसम्म चलेको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन । चौथो दिन पनि नेताहरुले धारणा राखेरै बैठक टुंगिएको छ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता बलबहादुर केसी, रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, देउवा पक्षका एनपी साउदलगायतले धारणा राखेका थिए । जारी बैठकमा पौडेल पक्षीय नेताहरूले पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराएको १६ बुँदे ज्ञापनपत्रको पक्षमा धारणा राखेका थिए । संस्थापन पक्षीय नेताहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।

पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको थियो । तर संस्थापन पक्षले भने सबै निर्णय विधान सम्मत भएको बताएको थियो । यस्तै बैठकमा पार्टीको १४ औं महाधिवेशनका सम्बन्धमा पनि छलफल भएको थियो ।

सभापति देउवा पक्षका केही नेताहरुले ०७८ भदौमा महाधिवेशन सार्नुपर्ने तर्क राखेका छन् । शुक्रबारको बैठकमा नेता ज्ञानेन्द्र कार्कीले भदौमा महधिवेशन गर्नुपर्ने तर्क राखेका थिए । तर देउवा पक्षकै केही नेताहरुले जेठमा महाधिवेशन गर्न सकिने धारणा राखेका थिए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशनको तालिका प्रभावित भइसकेकाले संशोधन गरेर जेठमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ । पौडैल पक्षले भने अहिल्यै केन्द्रीय महाधिवेशन हुन नसक्ने भनेर जान नहुने बताउँदै आएको छ । बैठक शनिबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् ।

काठमाडौँ, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख

काठमाडौँ, १० मंसिर । कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ