वरिष्ठ नेता नेपालद्वारा अध्यक्ष प्रचण्डलाई कडा झड्काः प्रचण्ड एक्लो हुने निश्चित

काठमाडौँ, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलिय जनबाद (जबज) आफ्नो बटम लाइन भएको घोषणा गर्नुभएको छ ।

गत सोमबार नेकपाका नेता प्रदीप नेपालसँगको भेटमा वरिष्ठ नेता नेपालले आफु जबज छाड्न नसक्ने बताउनु भएको हो । नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता नेपालले उहाँहरुसँग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा आफुले जबजका विषयमा माधव नेपाललाई प्रश्न सोधेको प्रदीप नेपालले एक अन्तर्वार्तामा भन्नु भएको छ । गत सोमबार भएको भेटपछि मंगलबार दिएको अन्तवार्तामा नेता प्रदीप नेपालले भन्नु भएको छ, ‘मैले हिजो फेरी माधव नेपाललाई सोधे, उहाँले भन्नु भयो– म जबज चाँही छोड्दिन, त्यो भएपछि त कुरै सिधियो ।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको उहाँको भनाई छ । ‘एकता गर्नुअगाडी जनताको बहुदलिय जनबाद मान्छु, मदन भण्डारी जिवित भएको भए आफुहरु जंगल जानुपर्ने अवस्था नै आउँदैन थियो भनेर सार्वजनिक कार्यक्रममा प्रचण्डजीले भन्नुभयो’, नेता नेपालले अगाडी भन्नुभयो, ‘अहिले जबज मान्दिन भनेर उहाँले सरासर बेइमानी गर्नुभयो ।’

नेता नेपालले नेकपाबाट एउटा समुह चोइटिन सक्ने समेत बताउनु भयो । उहाँले स्पष्ट रुपमा प्रचण्ड समुह चोइटिएर जान सक्ने घोषणा गर्नुभयो । ओली र नेता नेपालबीच ठुलो झगडा नभएपनि तित्तता रहेकाले यो दुवै समुह कुनैपनि हालतमा एकै ठाउँमा रहने उहाँले घोषणा समेत गर्नुभयो । आफु नेपाल गुटमै रहेको बताउँदै नेता नेपालले ओली र नेपाल कुनै पनि हालतमा छुट्टै पार्टीमा नरहने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका