रुसी राष्ट्रपति पुटिनले पदबाट राजीनामा दिँदै !

एजेन्सी, २१ कार्तिक । बेलायती अखबार द सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट राजीनामा दिन लागेको दावी गरेको छ ।

रुसी उच्च स्रोतले बताएको भन्दै पुटिनले स्वास्थ्यको कारण राजीनामा दिने द सनले उल्लेख गरेको छ । समाचार अनुसार पुटिनले २०२० को अन्त्यसँगै पदबाट राजीनामा दिने सम्भावना रहेको छ । औपचारिक रुपमा जानकारी नगराइए पनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ । किनकि उनले पार्किन्सन्स रोगसँग मिल्ने लक्षणहरु देखाइरहेको अन्य अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले पनि बताइरहेका छन् ।

पछिल्लो समय सार्वजनिक भएको भिडियोमा पुटिन कुर्सीमा बस्दा खुट्टाहरु निरन्तर काँपिरहेको देखिएको समाचारमा उल्लेख छ । त्यस्तै उनले कलम समाउँदा पनि औंलाहरु काँपिरहेको देखिएको दावी गरिएको छ ।

त्यस्तै भिडियोमा औषधिसमेत सेवन गरिरहेको देखिने गरेको समाचार माध्यमहरुले बताएका छन् । शक्तिशाली मुलुकहरुको सूचीमा पर्ने रुसको राष्ट्र प्रमुखको राजीनामाको बिषयलाई अन्तर्राष्ट्रियस्तरमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ साउन । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा

 काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित

काठमाडौँ, ९ साउन । देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले

काठमाडौँ, ९ साउन । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल