‘संघीय लोकतान्त्रिक गणतन्त्र’को ठाउँमा ‘नेपाल’ राख्ने निर्णयको अध्यक्ष थापाद्वारा स्वागत

काठमाडौँ, २१ कार्तिक । सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गर्नुभएको छ ।

उहाँले ट्वीटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न आवश्यक नभएको तर्क प्रस्तुत गर्नुभयो । थापाले प्राचीनकालदेखि नै देशको नाम नेपाल रहेको पनि बताउनुभएको हो ।

सरकारले केही दिनअघि देशको आधिकारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो । उक्त निर्णयको कतिपयले भने विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा