कैलाली, २१ कार्तिक । कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्षको नरेन्द्रबहादुर शाहको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
नगरपालिकाका उपमेयर अन्चला चौधरीका अनुसार नगरपालिकाका प्रवक्ता समेत रहेका शाहको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
६३ वर्षीय शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत रहेका थिए । उनको शुक्रबार विहान ६ स् २५ बजे मृत्यु भएको हो ।