कांग्रेसका ६ केन्द्रीय सदस्यसहित आठ जनामा कोरोना पुष्टि

काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसका ६ केन्द्रीय सदस्यसहित आठ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बस्ने, भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टिे भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन । यसअघि गत मंसिर १९ गतेका लागि बस्नो भनिएको केन्द्रीय कार्यसमिति बैठकलक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आजका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार केन्द्रीय सदस्य, उनीहरुका अंगरक्षक र चालकसँगै केन्द्रीय कार्यालयका कर्मचारीसहित ८२ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यद्यपि, आज बस्ने् भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १०

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख

काठमाडौँ, २० फागुन । विद्युतीय भुक्तानीलाई उच्च प्राथमिकता दिएको नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा

काठमाडौँ, २० फागुन । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021