महानगर र उपमहानगरमा सहसचिव

काठमाडौँ, २१ कार्तिक । अब सबै महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव हुने भएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत विशिष्ट श्रेणी (सचिव) रहने व्यवस्था थियो तर अब सहसचिव नै रहने छन् ।

असोज अन्तिममा बसेको मन्त्रिपरिषद्को निर्णयले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि सहसचिव नै रहने निर्णय गरेसँगै अब सबै महानगरपालिकाका र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहने भएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिले काठमाडौँबाहेक ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै रहँदै आएको जनाएको छ ।

त्यस्तै, उपमहानगरपालिकाहरू धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही, नेपालगञ्ज र धनगढी गरी ११ वटै उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत सहसचिव नै छन् ।

काठमाडौँ महानगरपालिका पुरानो र देशकै सङ्घीय राजधानीको महानगरपालिका भएकाले काम गर्न थप सहजता होस् भनेर सरकारले सचिवलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो तर काम गर्ने क्रममा सचिवभन्दा सहसचिवबाट अझ सहजता हुने देखिएकाले सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सहसचिव राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा