भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

काठमाडौँ, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।

बुधबार नेपाल आउनुभएका नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गर्नुभएको थियो ।

यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापा र नरवणे बीच शिष्टाचार भेटवार्ता समेत भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

नेपाली सेनाका तर्फबाट प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभयो । त्यस्तै नरवणेले फिल्ड अस्पताल स्थापनाको लागि सेनालाई एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा