नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौँ, २० कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ ।

नेपाली टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो । बंगलादेश प्रस्थान गर्नेमा २५ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली छ । नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेश प्रस्थान गरेको नेपाली टोलीले त्यता एक साता क्‍वारेन्टिनमा बस्‍नेछ । एक साताको क्‍वारेन्टिनपछि नेपाली टोलीको कोरोना परीक्षण गरिनेछ । नेपालले कात्तिक २८ गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने मितिको तय भएको छ ।

नेपाली टिम : अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्‍जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र