प्रचण्ड निदाएको ‘बाघ’ हुन भने ओली व्युझिएको ‘सिंह’

विकास भुसाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आकाश र धर्तीको फरक छ । तर पनि कम्युनिष्ट पार्टी अध्यक्षको हिसावले हामी सबैलाई दुबै जना बराबर जस्तो लाग्छ । पटक पटक प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र केपी शर्मा ओलीलाई गिराउन बिभिन्न कदम चालेको पनि हामीलाइ अवगत नै छ ।

अहिले सामाजिक सन्जालको माहोल निकै तातिरहेको बेला सत्तारुढ दल नेकपा अध्यक्षबीच पनि मनमुटाब गइरहेको छ । यसैबिच सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका शब्द र बाक्यलाई सामाजिक सञ्जालमा निकै व्यंग्य गरिन्छ तर गलत तरिकाले ।

प्रधानमन्त्री केपी शर्मा ओलीले म राजिनामा दिन्न मैले राजिनामा दिए देश डुब्छ, कहि कतै पार्टी बिरोधी कदम चालेको थाह पाए भने म पनि कडा कदम चाल्छु । यस्ता भनाइहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बेइज्जत गरि आलोचना गर्छन् । प्रधानमन्त्री ओली गर्जिए राजिनामा दिन्न भन्छन भनी पार्टी एकता विरोधीहरुले विरोध गरिरहेका पनि हुन्छन् । तिनिहरुलाई एउटा कुरा थाह रहेनछ, स्याल कहिल्यै गर्जिन्न गर्जिने भनेको सिहं मात्रै हो ।

अझै कतिपयले त प्रचण्ड अहिलेको आवश्यकता हो, प्रचण्ड निधाएको बाघ हो पनि भन्छन् । तिमी जुन प्रचण्डको कुरा गर्छौ नि, उनी प्रचण्ड हैनन् । साम्यवाद, समाजवाद हैन, नातावादको सपना देख्छन् । म भन्छु प्रचण्ड निधाएको बाघ हुन भने केपी शर्मा ओली सिंह हुन् । पार्टी एकता मजबुद बनाउन सबै एकजुट हुनु पर्छ । सामाजिक सञ्जालमा रोइलो गरेर प्रमुख नेताहरु गुट बनाएर हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच

काठमाडौँ, ३० असार । गृहमन्त्री सुधन गुरुङ निजगढ पुगेका छन् । मिटरब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न

काठमाडौँ, ३० असार । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले संसदमा सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै नागरिकको जीवन र रोजीरोटीको संरक्षण राज्यको

काठमाडौँ, ३० असार । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले जनतामा नैराश्य बढेको भन्दै देश सङ्कटमा पुगेको बताएका छन् ।  आज प्रतिनिधि