‘दुई जिव्रे’ प्रवृत्ति: श्रेष्ठ नेकपाको प्रवक्ता हैन, अराजकता मच्चाउने ‘अधिवक्ता’

काठमाडौँ, १७ कार्तिक । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र गुट उपगुटका कारण एकता भंग हुने समेत सम्भावना बढेर गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई हटाई आफु प्रधानमन्त्री तथा एकल अध्यक्ष हुने ठूलो सपना बोकी प्रचण्डले खेल खेलेका छन् । जुन नेकपाका आम कार्यकर्ताले बुझेका छन् ।

सत्ता स्वार्थ तथा कुर्सीको लडाईमा मायुर रहेका अध्यक्ष प्रचण्ड तथा माधवकुमार नेपाल प्रधानमन्त्री ओलीलाई हटाउन हात धोएर लागेका छन् । यसै कारण पार्टी एकता भंग भई नेकपा भित्र कालो बादल लाग्ने सम्भावना बनेको छ । यसको अर्को महत्वपूर्ण पात्रको रुपमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ समेत रहेका छन् ।

प्रवक्ता श्रेष्ठले विगतदेखी हालसम्मको व्यवहार हेर्दा पार्टी र सरकारलाई सफल बनाउनेभन्दा पनि पार्टी र सरकारलाई असफल बनाई गुटलाई सफल बनाउन अहोरात्र खटेको देखिएको छ । पार्टीको प्रवक्ताले पार्टी र सरकारलाई बचाउने हो, सफल बनाउनु जुनसुकै कदम चाल्नुपर्ने हो । तर उनीमा त्यसको ठिक विपरित रहेको छ । पछिल्लो समय उनको दैनिकी सरकारको आलोचना गर्दा नै वित्ने गरेको छ ।

उनी सरकारको आलोचना मात्र हैन, सरकारले गरेको विभिन्न गतिविधि तथा कुटनैतिक गतिविधिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने गरेका छन् । उनको नजर नै सरकार विरुद्धको भएको स्पष्ट देखिन्छ । त्यसैले उनले पार्टीको प्रवक्ता नभई अराजकताको अधिवक्ता जस्तो भएको आम नागरिकको बुझाई रहेको छ । यसमा प्रवक्ता र अधिवक्ताको सार मिलाईएको हो । जसमा व्यवसायीक अधिवक्तालाई अनर्थ लाग्ने गरी भने उल्लेख गरिएको हैन ।

प्रवक्ता श्रेष्ठले समर्थन गर्छत केवल प्रचण्ड गुटको । उनले गरेको गतिविधि हेर्दा प्रवक्ता श्रेष्ठ पार्टीको नभई प्रचण्डको प्रवक्ता चाँही उत्तम देखिएको छ । खुमलटारमा भएको प्रचण्ड निकट गुटको भेलामा गृहमन्त्री रामबहादुर थापालाई थर्काउँदै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव कांग्रेससँग मिलेर भएपनि लैजाने विषयमा समर्थन जनाउन दवाव समेत दिएको खुलेको छ । तर गृहमन्त्री थापाले भने उक्त कुरा ठाडै अस्वीकार गरेका छन् ।

त्यती मात्र हैन, उनले पार्टीको निष्पक्ष प्रवक्ता हुनु पर्नेमा पार्टीको निर्णयलाई समेत बङ्ग्याई गुटगत रुपमा प्रस्तुत गर्ने गरेका असंख्य रहेका छन् । यसबाट उनलाई प्रवक्ता भन्ने की अराजक अधिवक्ता भन्ने ?

एकतातर्फ पार्टी अध्यष तथा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव लैजना दवाव दिने अर्को तर्फ पार्टी एक ढिक्का बनाउन कुनै पनि कदम चाल्नुपर्ने उल्लेख गर्दै कार्यकर्ताको आँखामा कसिङ्ग लगाउन उद्धत छन् प्रवक्ता श्रेष्ठ । गुटभेलामा एउटा कुरा गर्ने, प्रधानमन्त्री विरुद्ध जस्तो सुकै योजना सफल बनाउन लाग्ने तर सामाजिक सञ्जालमा पार्टी एकता भंग हुन नदिने भनि झुटो बोली बोल्ने । हाक्तिको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ भने जस्तै उनको पनि व्यवहार सोही बमोजिम भएको देखिन्छ ।

पार्टी विभाजको संघारमा पुगेको बेला उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टी एकता महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुद्ध हुन्छ । तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं । पार्टी भित्र देखिएको छलफल, बहश र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिवद्धता भए पुग्छ, पार्टीको विधि, पद्धती एवं निर्णयको पालना र कार्यान्वयन । ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन । देश, जनता,श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं । जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।’

यसबाट के प्रष्ट हुन्छ भने उनी अध्यक्ष प्रचण्डका खास पत्र हुन्, व्यवहार पनि सोही बमोजिम छ । जुन कि मिनेट मिनेटमा वोली फेरिन्छ । जहाँ स्वार्थ पुरा हुन्छ, त्यहाँ छाति फुलाएर जाने पात्र हुन प्रवक्ता श्रेष्ठ । गुटलाई प्रोत्साहन गर्छन, राष्ट्रियतालाई कमजोर बनाउने प्रयास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका