विश्वमा एकैदिन २ लाख ५१ हजार बढी कोरोनामुक्त

काठमाडौँ, १५ कार्तिक । विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढीले कोरोनामुक्त भएका छन् ।

विश्वमा कुल ३ करोड ३२ लाख ३७ हजार ७६४ जना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७२.२४ प्रतिशत मानिसले कोरोनालाई जितेका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार १७३ जनामा संक्रमण भएको छ । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ६० हजार नाघेको छ । त्यसमध्ये ८३ हजार १९१ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४८५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २१२ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९३ लाख १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८१ लाख ३६ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५५ लाख १९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६३ हजार ९० जनाको मृत्यु भएको छ । ९७ लाख ११ हजार ७४८ जना संक्रमित भएकोमा ३७ लाख २३ हजार ५६० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड