अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौँ, १५ कार्तिक । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३० लाख ६२ हजार ६७ जनामध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ९८५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार १५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट माग्ने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा