काठमाडौँ उपत्यकामा थप १८८८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८८८ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।

ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ जना रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।

भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।

देशभर थप ३५ सय १७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ६८ हजार २ सय ३५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate