अमेरिकाबाट १७६ जना नेपालीलाई देश निकालाको आदेश

काठमाडौँ, १४ कार्तिक । आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीले देश निकालाको आदेश पाएका छन् ।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् । १७१ जना नेपालीहरुले एसाइलम दाबी गरेका थिए भने ५ जनालाई भने आपराधिक पृष्ठभूमिका कारण देश निकालाको आदेश दिइएको थियो । देशनिकालाको आदेश पाउनेहरु न्यूयोर्कमा सबैभन्दा धेरै ७७ जना छन् ।

न्यूयोर्क सिटीको अदालतबाट ५३ जना, ब्रोडवेबाट ८ जना र भेरिक स्ट्रीटबाट ७ जनालाई देशनिकालाको आदेश दिइएको हो । न्यूयोर्कपछि क्यालिफोर्नियाबाट २२, टेक्सासबाट १६, लुजियानाबाट १२, मिनिसोटाबाट ११, जर्जियाबाट ११, भर्जिनियामा ६ जनालाई नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ ।

त्यस्तै मेरिल्याण्डमा ५, मासाचुसेट्समा ५, न्यु मेक्सिकोमा ३, कोलोराडोमा ३, वासिंटनमा १, न्यूजर्सीमा १, पेन्सिलभेनियामा १, फ्लोरिडामा १ र इलिनोयमा १ जना नेपालीलाई देश निकालाको आदेश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate