अक्षयको ‘लक्ष्मी बम’को नाम फेरियो

काठमाडौँ, १४ कार्तिक । बलिउड अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाम फेरिएको छ ।

सिनेमा नयाँ नाम ‘लक्ष्मी’ हुनेछ । सिनेमामा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् । राघव लरेन्सको निर्देशनमा बनेको सिनेमा बिहीबार सेन्सरबाट पास भएको छ ।

सेन्सर सदस्यहरूसँगको छलफलपछि धार्मिक भावनालाई ध्यानमा राख्दै सिनेमाको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ बनाइएको हो ।

हालै मुकेश खन्ना लगायतका केही कलाकार र मानिसहरूले सिनेमाको शीर्षकमाथि प्रश्न उठाएका थिए। उनीहरूले सिनेमाको नामले मानिसहरूको धार्मिक भावनालाई चोट पुर्‍याउने आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय