राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना पुष्टि

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ आइसोलेशनमा बसेका एन्फाले जनाएको छ । नेपालले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि हिजोदेखि प्रशिक्षण सुरु गरेको हो ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा सुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित छन् । नेपालले बङ्गलादेशसँग बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल आउँदो कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल मङ्सिर २ गते खेल्ने तय भएको छ । एन्फाले खेलाडीलाई त्रिपुरेश्वरमा रहेकाे वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र