विचार र सिद्धान्तको दृढता नै ‘महिलाको अधिकार, स्वतन्त्रता र हिंसाको अन्त्य’

महिला हक हित, समानता, समावेशी प्रजातन्त्र, गणतन्त्रका, विषयमा पाइला चाल्न समाजको बनोटका आधारमा महिलाको उपस्थिति हुन नसकेको अवस्थामा महिलाहरुले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ । समाजको रुपान्तरणको नेतृत्वदायी भूमिका रहनुपर्ने वर्तमान समयको आवश्यकता तथा माग नै भइआएको छ । तर सामाजिक रुपान्तरणमा जो समाजका अगुवाइ गरेका महिला छन् तिनिहरुले नै सामाजिक राजनीतिक हिंसामा छन् ।

समाजमा शोषण, दमन र उत्पिडन आर्थिक हैसियत, श्रोत र साधन र सम्पत्ति माथिको पहुँच अनि शिक्षा र सामाजिक चेतनाका कारण हुने गर्दछ । शिक्षा, अभाव, गरिबी र शारीरिक रुपमा निर्बलियो भएको कारण महिलाहरुले अनेक खालका हिंसा, शोषण र उत्पिडन बेहोर्नु परेको छ । यो पंक्तिमा समाजमा पछाडी परेका दलित र उत्पीडित जाती धेरै पर्दछन् ।

हिजोको राज्य सामन्तवादी थियो । जनता शिक्षित थिएनन् । महिला चेतनशील थिएनन् । जसको कारण विधि र कानुनद्वारानै महिला माथी खुलम खुल्ला हिंसा हुन्थ्यो । शति प्रथा, एकल महिला माथी समाजिक दमन, बोक्सीको नाउँमा उत्पिडन बलात्कार, बहुबिवाहको बैधानिक अधिकार, दाइजो दिनु पर्ने दवाव, श्रीमान लगाएतको सेवामा दासी झै हुनु पर्ने वाध्यता थियो । आज समाज धेरै माथि छ, कानुनी अधिकार समानता छ । जसको बारेमा सामाजिक जनचेतनाको विकास व्यापक मात्रामा गर्नुपर्ने अवस्था रहेको छ । महिला तथा समाजनमा जनचेतनाको अभाव हुनु नै अहिलेको समस्याको रुपमा रहेको छ । त्यसैले महिलाहरूलाई कुनै पनि सामाजिक राजनीतिक हिंसात्मक गतिविधिमा भएको अवस्थामा आवाज उठाउनु ज्ञान हुन जरुरी छ ।

वर्तमान समयमा महिला उच्च शिक्षा हासिल गरेका छन्, योग्य छन्, क्षमतावान् छन्, उच्च ओहोदामा छन् । त्यसैले जसले जहाँ छ त्यहीबाट महिला भएरै हुने विभिन्न प्रकारका हिंसाको विरुद्धमा आवाज बुलन्द गर्नुपर्छ । जसले गर्दा पिडितलाई सहानुभुती होस्, पिडकलाई आत्मग्लानी होस् । जसको लागि अब सबै महिलाले हत्या, हिंसा र दमन विरुद्ध सशक्त आवाज उठाउनै पर्दछ । घरमा हुने जस्तो सुकै घरेलु हिंसा सहने होइन, उजागर गर्दै कारवाहीको दायरामा ल्याउनुपर्छ । अफिस, कारखाना राजनीतिक सामाजिक वा कार्य क्षेत्रमा हुने हिंसा र दमनको पनि खुलेर प्रतिवाद गर्नुपर्छ र कारवाहिको दायरामा ल्याउनु पर्दछ । समाजको जो सुकै माथी हुने हत्या, बलात्कार, एसिड प्रहार, अपहरण, आत्माहत्या गर्न बाध्य पर्ने परिस्थिती, जस्ता घटनाको विरुद्ध सिङ्गो समाज एक भएर सामना गर्नुपर्दछ । समाजमा घट्ने महिला हिंसा, हत्यालगायतका जघन्य अपराधिक कामको बिरोधमा आमा, दिदी, बहिनी, छोरी, भाउजू, बुहारीलगायतले मात्र गरेर सम्भव छैन । समाजमा हुने यस्ता प्रकृतिका अपराधिक गतिविधिलाई निस्तेज पार्न बुज्रुक पुरुषको समेत साथ र सहयोग आवश्यक हुन्छ । सभ्य र शिक्षित व्यक्तिले नै अपराधिक गतिविधिमा लागेकाको विरोधमा बोल्ने र कानुनी कठघरामा ल्याउने आँट गर्नुपर्छ ।

हिजो शति प्रथामा पनि मरेका श्रमानका काखमा जिउँदो बुडिको टाउको राखेर आगो लगाउने चलन थियो । यदि आगोले पोलेर सहन नसकि खोलामा हाम फालेर भागे पनि ढुंगाले हान्ने पुरुष हुन्थिए । तर यो अति नै भयो भनि शति प्रथा उन्मूलन चन्द शम्सेरले गरे । उनी पुरुष नै थिए । त्यसैले फटाहा वा अपराधिक गतिविधि गर्ने व्यक्तिको लागि समाज परिवर्तन गर्ने दाजु भाइ बोल किन चुप ? आज जो जसलाई परेका घटना छन्, त्यो तपाईंका घरमै भएको भए के भनु हुन्थ्यो, के गर्नु हुन्थ्यो ?

अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र प्रभावकारी ढंगले लाग्नु पर्दछ । महिलाको आवाज मात्रै झिनो भो समाजका बुद्धिजीवी दाजुभाइले गभिएर सोचेर महिला र पुरुष दुवै मिलि अगाडी बढे हजारौं पिडित शोषितले हिंसा र विभेदबाट मुक्त भएर बांच्न पाउँछन् । पछिल्लो बेला प्रहरी प्रशासनले खेलेको भूमिका विगतको भन्दा राम्रो छ, अझै प्राभावकारी बनाउन आवश्यक छ । सरकारले जसरी अध्यादेश मार्फत एसिड प्रहार गर्नेलाई कारवाही गर्ने निर्मम कानुन ल्याएर सर्बत्र प्रशंसा पनि पाएको छ । यसैगरी बलात्कारीलाई संविधान संशोधन गरेर भए पनि मृत्यु दण्ड दिनु पर्दछ भन्ने आवाज सर्बत्र उठेको छ । यो भनाइमा मेरो नीजि विचारमा साना, नानीहरू, बुडाबुढी, आमाहरु र जवानी उमेर अनुसार फरक फरक कानुनी बनाउने तर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ ।

हामी महिलाहरु पनि सचेत र सजग हुने, सेल्फ डिफेन्स गर्ने, एक महिला माथि अन्याय भयो भने सबैले बोलन र एकै ठाउँमा उभिएर आवाज दिनुपर्छ । नारी स्वतन्त्रता, हक अधिकार, कानुनी राज्यको स्थापना गर्नको निम्ती नेपालमा लामो समयसम्म भएको लोकतान्त्रीक आन्दोलनसँगै आएको परिवर्तनले तपाई हामी महिलाहरुको काँधमा देश निर्माणमा ठूलो जिम्मेवारी आएकोछ । भ्रष्टाचार हुन नदिन खबरदारी तलदेखि माथिसम्म गर्न महिलाको महत्वपूर्ण भूमिका रहेको छ । कुनै पनि काम गर्न समाजमा वा कुनै सरकारी तथा गैरसरकारी कार्यालयमा कमिसन खान नपाए काम गर्ने कठिनाइ छ । यसको परिवर्तनको लागि ठूलै महिलामुक्तीको दवापमुलक आन्दोलन अझै आवश्यक रहेको देखिन्छ ।

महिलाको लागि सबैको सामु शिर नझुकाउने बनाउने हो भने महिलालाई आत्मनिर्भर र आर्थिक उपार्जनको बाटोमा डोर्याउनुपर्छ । महिला पुरुष समानताको लागि जसको लागि जनचेतनाको साथमा महिलाको लागि विभिन्न प्रकारका आयमुलक तालिमको आवश्यकता खड्किएको छ । कुखुरा पाल्ने, सिलाइ बुनाई, कौशि खेतीलगायतका तालिम के पुरुषले लिन नमिल्ने ? महिलाले मात्र मिल्ने हो र ? यस्ता कुराहरुमा महिला पुरुष दुबैलाई जनचेतना अभिवृद्धि गर्दै तालिम दिन आवश्यक छ । ज्ञान, सूचना, चेतनालगायतको कम भएका महिला माथि जहाँ त्यहि केही निकै जाने छु भनि प्रहार भएको छ । केही नबुझ्ने महिलाहरुको अघि आफु सिकाउँछन् । कानुनमा के छ ? संविधानसभामा के छ ? रतिभर ज्ञान छैन । यी समाजका यस्तालाई तालिम दिनु पर्छ, जुन महिलाले कानुनी अधिकार बिवाहदर्ता, नाता प्रमाणित, जन्मदर्ता, राज्यको कोष सञ्चालनमा ध्यान, राजनीतिक क्षेत्रमा ध्यान, दिदै तालिम, प्रशिक्षण लिने । आवश्यक पर्दा एकजुट हुने । सरकार र सरोकारवाला निकायलाई सूचना दिने र सजग गराउँदै झकझकाइ रहने । यति मात्र गर्यो भने पनि महिला हिंसा रोक्न धेरै कम गर्न सकिन्छ ।

हामी महिलाले महिलाको समान गरौं । सकारात्मक सोच भएका महिलालाई सम्मान र समर्थन गर्ने समाजका सोच राम्रो भएका पुरुषहरुको पनि साथ लिऔं । राजनीतिलाई आज पद, कुर्सी, पैसा कमाउने साधनको रुपमा उपयोग गर्ने जनप्रतिनिधि तल्लिन रहेको देखिन्छ । वर्तमान समयमा विचार र सिद्धान्तका लागि गरिने राजनीति धरापमा छ । राजनीतिक बल भनेको नैतिकता, इमान्दारी हो । यि कुरामा ढुक्क भए सामाजिक क्षेत्रमा लागेमा मानिसलाई अौषत राजनीति भन्दा माथि उठाउँछ भन्ने पुष्टि हुन्छ । इतिहासको पानामा सुरक्षित छ । राजनीति दृष्टिकोण र परिपक विचारको सिद्धान्त प्रतिको अटलता राजनीति अधिकार र नारी स्वतन्त्रता हुन् ।

महासमिति सदस्य, नेपाली कांग्रेस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड