एनसीबीले दीपिकाकी म्यानेजरलाई दोस्रोपटक बयानका लागि बोलायो

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि बोलाएको थियो । करिश्मा मंगलबार एनसीबीमा बयानका लागि हाजिर हुनुपर्ने थियो तर उनी उपस्थित भइनन् ।

एनसीबी स्रोतका अनुसार केही ड्रग्स पेडलर्ससँगको बयानमा करिश्माको नाम आएको हो । शुक्रबार एनसीबीले ट्याक्सी ड्राइभरसाहित मजहर अलीलाई पुणेबाट पक्राउ गरेको थियो । दीपिकाकी म्यानेजर करिश्माको नाम यसअघि लागुऔषधबारे कुराकानी गरिएको ह्‍वाट्स एप च्याटमा पनि आएको थियो । त्यो बेला पनि एनसीबीले करिश्मासँग बयान लिइसकेको थियो । एनसीबीले करिश्मालाई दोस्रोपटक सोधपुछका लागि बोलाएकामा करिश्माका साथै थुप्रै बलिउडकर्मीको नाम आउने पनि अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate