एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् ।
क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको थियो । उनलाई क्लबका समर्थकहरुले पनि अध्यक्ष पदबाट छाड्न दबाब दिरहेका थिए ।
सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनी आफ्नो कार्यकाल सकिनुअगावै राजीनामा दिएका हुन् । क्लबका कप्तान लियोनल मेस्सी पनि उनको कार्यकालमा खुसी नभएको स्पेनिस पत्रिका मुन्डो स्पोर्ट्सले लेखेको छ ।





