सांसद बस्नेतद्वारा पुल उद्घाटनः एक महिनाभित्र सुविधासम्पन्न कोरोना अस्पताल निर्माण गर्ने उद्घोष

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल उद्घाटन गरिएको छ । रु एक करोड १५ लाख ७१ हजार ९ सय ४० रुपैंयाको जम्मा लागतमा निर्माण गरिएको उक्त पुलको लागि ८८ लाख २६ हजार ४ सया २७ रुपैंया बजेटको व्यवस्थापन भएको थियो । जसमा विल अनुसार रु २७ लाख ४५ हजार ५ सय १३ रुपैंया बजेट अपुग भए पनि विभिन्न माध्यमबाट व्यवस्थापन गरी पुल निर्माण सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

उक्त पुलको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उद्घाटन गर्नुभएको हो । कतिपय आलोचकले भक्तपुरमा आयोजनाको शिलान्यास मात्र हुने हो की उद्घाटन पनि हुन्छ ? भनि प्रश्न गरिरहेको समयमा दैनिक जसो हुने नतिजामूखी कामले आलोचकलाई मुखमा ढुङ्गा पसे जस्तै भएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले विजया दशमी जस्तो महान् चाडलाई पनि विकाससँगै जोडेर लैजाने कार्य भएको उल्लेख गर्दै भक्तपुरमा शिलान्यास मात्र नभई उद्घाटन समेत व्यापक मात्रामा भइरहेको जानकारी गराउनुभयो । विकासको क्रममा शुरुमा केही आलोचना भएको तर त्यसलाई मुखले जवाफ नभई कामले दिएको उल्लेख गर्दै उहाँले नंखेलमा एकै पटक तीनवटा पुलहरु निर्माणको क्रममा रहेको जसमा आएको एक भएको बताउनुभयो ।

देशभर विकासको लहर आएको जसमा भक्तपुर उदाहरणीय भएको उल्लेख गर्दै उहाँले यो वर्ष सामुदायीक विद्यालयहरु कच्ची र जिर्ण नभएको घोषणा गर्ने जानकारी गराउनुभयो । अब स्वास्थ्य, शिक्षालगायका विकासको लागि अन्य नगरपालिकामा जानु नहुने उल्लेख गर्दै उहाँले संघियताको मर्म अनुसार विकास र समृद्धिको काममा लाग्नुपर्नेमा जोड दिनुभयो । आएको बजेट फिर्ता जानु नहुनेमा जोड दिँदै उहाँले सवै जनप्रतिनिधि सोही अनुसार खट्न आग्रह गर्नुभयो ।

डेढ करोडको लागतमा जगातेको इट्टा टायल कारखानाभित्र दशै र तिहारको बीचमा कोभिड अस्पताल निर्माण गर्ने जसमा पिसिआर टेष्ट, आइसियु, भेन्टीलेटरको समेत व्यवस्था हुने उल्लेख गर्दै सांसद बस्नेतले एक महिनाभित्र नेपाली सेनासँगको सहकार्यमा अस्पताल निर्माण गरिसक्ने उद्घोष गर्नुभयो । सरकारले कोरोना उपचारमा जनताबाट शुल्क लियो भनि अनावश्यक अफवाह फैलाईएकोमा आक्रोस व्यक्त गर्दैै उहाँले कोभिड–१९ का विरामीले आफु गरिव तथा अशक्त भएको स्वघोषणा गरे सरकारले निशुल्क उपचार गर्नेमा सवै नागरिक ढुक्क हुन आग्रह गर्नुभयो ।

कोरोनाको कारण बजेटमा समस्या नआएमा नंखेलका ठूला सडकहरु कालोपत्रे भइसक्ने उल्लेख गर्दै उहाँले विकास निर्माणमा कुनै समस्या आए आजको चेतना अनुसारको जनतालाई बुझाउनु पर्नेमा जोड दिनुभयो ।

विदेशमा सिकेका कामहरुलाई नेपालमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘भक्तपुरमा रहेको खाली भुभागलाई व्यवस्थित प्लानिङको सहर निर्माण गर्न नसके एक दुई पुस्ता पश्चात एउटा एम्बुलेन्स ल्याउन समेत कठिन हुन्छ । जसले गर्दा आगामी हाम्रो पुस्ताले हामीलाई सराप्नेछन् । हाम्रो पुस्ताले सामान्य काम गरी भत्ता पचाउने मात्र काम गरे समृद्ध मुलुक निर्माण गर्न सक्दैनौं । हाम्रो पुस्ताले ओभर टाईमको काम गरे मात्र नयाँ पुस्तालाई समृद्ध मुलुक दिन सकिन्छ ।’

मुलुकभर भक्तपुरले विकासको मोडल दिन थालेको उल्लेख गर्दै उहाँले नराम्रो कुराको मात्र खेती गर्ने नभई राम्रो कुराको पनि प्रशंसा गर्न कथित बुद्धिजीवि तथा केही मिडियालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा गाडी दुर्घटना भएको मात्र समाचार आउने हैन । हजारौं गाडीले जनतालाई दिएको सेवा पनि आओस् । एउटा दुर्घटना भएको गाडीको समाचार आउने तर हजारौं गाडीले गरेको सेवाको समाचार नआएमा जनतामा निरासा तथा अराजकता पैदा हुन्छ । कुनै पनि निरासा र अराजकता कुनै नेता तथा पार्टीको विरुद्धमा मात्र नभई सिंगो मुलुकको प्रणाली विरुद्ध प्रकट गरिन खोजिदैछ । जसले गर्दा मुलुकलाई असफल राष्ट्र बनाउने प्रयास केही मिडिया, अराजक बुद्धिजीवि तथा केही युवाहरु सामाजिक सञ्जालमा लागेका छन् । त्यसलाई आम नागरिकले गंभिर भएर सोच्न जरुरी छ ।’

सूर्यविनायक, चाँगुनारायण तथा मध्यपुर नगरपालिकाका जनप्रतिनिधिले सहकार्य गरेकै कारण बजेटको व्यवस्थापन भएको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको समन्वयवको अभावका कारण बजेटको आवश्यक मात्रामा व्यवस्थापन हुन नसकेको स्पष्ट पार्नुभयो । क्षेत्रफल, भूगोल तथा आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिका विशेषमा बजेटको व्यवस्थापन भएको जानकारी गराउँदै उहाँले मध्यपुरभित्र पर्याप्त मात्रामा कामहरु भएको तर केही आलोचकले मनगणन्ते कुराहरु गर्ने गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले विकासको नाममा उपभोक्तालाई आयोजना जिम्मा दिई आफ्नो कार्यकर्तालाई पालनपोषण मात्र गर्ने गरेको तर सूर्यविनायक नगरपालिकाले ठेक्काको माध्यमबाट गर्ने गरेकाले उत्कृष्ट कामहरु भइरहेको बताउँदै उहाँले भक्तपुरमा आएका सवै विकासका आयोजना निर्माण सम्पन्न हुने कसैको काइते कुराले कुनै माखो नमार्ने समेत चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सक्नुहुन्छ भने विकासमा एउटा इट्टा थप्नुस् । यदी सक्नुहुन्न भने विकासको एउटा इट्टा समेत झिक्ने तपाईको अधिकार छैन । अनावश्यक काइते कुराहरु गरेर जनतालाई भ्रमित पार्ने कुचेष्ठा नगर्नुस् । जनताले दुधको दुध, पानीको पानी छुट्याएका छन् । मेहनत गरेर ल्याएको बजेटको काम गुणस्तर बनाउनको लागि आफुले निरन्तर रुपमा अनुगमन गर्ने गरेको छु ।’

तीन वटै तहका सरकारको समन्वयमा सूर्यविनायक नगरपालिकाले विकासको मुहान नै परिवर्तन गरेको उल्लेख गर्दै नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जनताको चाहना, आवश्यकता अनुसार धेरै कामहरु भइसकेको साथै अझै धेरै निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । खोनपानी, ढल लगायतका कामहरु तीन वटै तहका सरकारको बीच समझदारी तथा सहकार्यको माध्यमबाट जनताको चाहना र आवश्यकता अनुसार हुने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिको ध्यान नपुगेको ठाउँहरुमा जनताले घच्घच्याउनुपर्नेमा जोड दिनुभयो ।

वडाध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बाशुदेव थापा, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा