बहराइनका राजकुमार स्वदेश फर्किए

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका छन् ।

राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरे । राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिएका थिए ।

राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको थियो । आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गरे ।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो । मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो ।

आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचोको सबै फोहोर सफाइ गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० मंसिर । पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका

बागलुङ, २० मंसिर । सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ

कञ्चनपुर, २० मंसिर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको

काठमाडौँ, २० मंसिर । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन