विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४ करोड १९ लाख ९२ हजार १३ जना संक्रमित भएको पुष्टि भएको छ । संक्रमित मध्ये ३ करोड ११ लाख ८४ हजार ४३६ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा भारतमा ६९ लाख ४६ हजार ३२५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५६ लाख ५५ हजार ३०१ जना, ब्राजिलमा ४७ लाख ८५ हजार २९७, रसियामा ११ लाख ७ हजार ९८८ र कम्बोडियामा ८ लाख ९३ हजार ७१२ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार ७३१ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख २८ हजार ३८१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५५ हजार ९६२ जना, भारतमा १ लाख १७ हजार ३३६ जना, मेक्सिकोमा ८७ हजार ८९४ जना र बेलायतमा ४४ हजार ३४७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८६ लाख ६१ हजार ६५१ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ७७ लाख ५९ हजार ६४० जना, ब्राजिलमा ५३ लाख ३२ हजार ६३४ जना, रसियामा १४ लाख ६३ हजार ३०६ जना र स्पेनमा १० लाख ९० हजार ५२१ जनामा संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।