आइपीएलमा राजस्थानमाथि हैदराबादको जित

काठमाडौँ, ७ कार्तिक । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा मनिस पाण्डेले ८३ र विजय शंकरले अविजित ५२ रनको मद्दतले राजस्थान रोयल्स ८ विकेटले पराजित भएको हो । राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य हैदराबादले १८ ओभर २ बलमा मात्र २ विकेटको क्षतिमा भेटायो । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरेका थिए । जोनी बेयरस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए ।

जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । राजस्थानले भने ११ खेलमा ८ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक