शिवपुरी गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ, ५ कात्तिक । नुवाकोटको शिवपुरी गाउँपालिकामा अर्को व्यवस्था नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोना भाइर कोभिड १९ परिक्षणका क्रममा यस गाउँपालिकामा कार्यरत सात जना कर्मचारीमा कोभिड पोजेटिभ देखिएको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि गाउँपालिकाले बुधवारदेखि अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।

गाउँपालिकामा कोरोनाभाइरस पोजेटिभ देखिएका सम्पूर्ण कर्मचारीहरुको गाउँपालिकाले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षित तरिकाले सेल्फ आइसोलेशनमा रहन गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । सेल्फ आइसोलेनशनमा बसेकाहरुमा स्वास्थ्यमा केही समस्या देखिएका यथाशिघ्र स्वास्थ्य संस्थामा सम्पर्क आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा सम्पूर्ण गाउँबासीहरुमा विजयदशमी २०७७ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै महामारीको यस असामन्य घडीमा कोरोना भाइरसबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षा सतर्कता अपाउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका