काठमाडौँ, ४ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चेन्न इ सुपर किङ्समाथि जित निकालेको छ ।
सोमबार राति भएको खेलमा राजस्थानले चेन्नकइलाई ७ विकेटले पराजित गरेको हो । चेन्नतइले दिएको १२६ रनको झिनो लक्ष्य पछ्याएको राजस्थानले १७।३ ओभरमा मात्र ३ विकेट गुमाउँदै भेट्टाएको थियो ।
जितसँगै दस खेलमा चार जित निकालेको राजस्थानले ८ अंक जोडेको छ । राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । यता पराजित चेन्नसइ भने समान खेलबाट ६ अंक जोड्दै पुछारमा छ ।






