गाडी चढ्दा फेस शिल्ड अनिवार्य, अब पहिलेकै भाडादर लागू हुने

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो । विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुने उहाँले स्पष्ट पार्नुभयो । दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारी भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।  राजधानीमा बुधबार आयोजित ‘दिगो

काठमाडौँ, १९ वैशाख । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर

काठमाडौँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका