मन्त्री गुरुङद्वारा सञ्चार क्षेत्रको विकासका लागि सदैव अडिग रहने प्रतिवद्धता

काठमाडौँ, २ कार्तिक । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले संचार क्षेत्रको बिकाशका लागी सदैब अडिग रहने प्रतिवद्धता ब्यक्त गरेका छन ।

पत्रकार महासंघको टोलीबीच आज भएको छलफलमा सञ्चारमन्त्री गुरुङ सो कुरा बताएका हुन । सफल कार्यकालको शुभकामना व्यक्त गर्न सिंहदरवार पुगेको नेपाल पत्रकार महासंघसँगको टोलीसँग उनले स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने स्पष्ट पारेका छन ।

सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारवाट हुनुपर्ने पहलहरुवारे महासंघको धारणा प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकहरुबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने स्पष्ट पार्दै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशिताको कार्यान्वयन एवम् कोभिड १९ का कारण संचार क्षेत्रमा सिर्जित समस्या समाधान लगायतका विषयमा धारणा प्रस्तुत गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

मन्त्री गुरुङले महासंघसहितका सरोकार पक्षसँग छलफल र सहकार्य गरेर आफू अघि बढ्ने जानकारी दिँदै महासंघले प्रस्तुत गरेका विषयप्रति आफू सकारात्मक रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको बताएका छन् । उनले कोरोना

काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागृ संगठन नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार