उपत्यका छाड्ने यात्रु घटे: दसैंमा ४ लाख मात्र बाहिरिने अनुमान

File Photo

काठमाडौँ, २ कार्तिक । सरकारले भनेको छ, ‘जहाँ छौं त्यहीं नै चाडबाड मनाऔं ।’ तर, दसैं मनाउन घटनास्थापनाकै दिन शनिबार दिउँसो काठमाडौं उपत्यकाबाट २१ हजार यात्रु बाहिरिएका छन् । यद्यपि, यस वर्ष दसैंमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा भने उल्लेख्य कमी आउने देखिएको छ ।

विगतमा दसैंको पहिलो दिन नै १ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिसकेका हुन्थे । बसपार्क तथा टिकट काउन्टरमा गाउँ फर्किन चाहने यात्रुको लाइन हुन्थ्यो । तर, यसपटक टिकट काउन्टर र बसपार्कमा भीडभाड छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप कम भएकाले आधाभन्दा धेरै गाडी खाली नै गुडिरहेको बताए ।

ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले असोजमा ६ लाख २७ हजार यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । सोही अवधिमा ६ लाख १४ हजार जना भित्रिए । लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज १ गतेदेखि सञ्चालनमा आएका थिए । त्यसयता दैनिक १७ हजारदेखि २२ हजारसम्म यात्रु उपत्यका भित्रिने र बाहिरिने गरेको प्रवक्ता यादवको भनाइ छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनपूर्व धेरैले उपत्यका छाडेका थिए ।

अघिल्लो वर्ष सार्वजनिक यातायात र निजी सवारी साधनबाट २० लाखभन्दा धेरै दसैं मनाउन उपत्यकाबाट बाहिरिने गरेका थिए । यस वर्ष ३ लाखदेखि ४ लाखसम्म यात्रु मात्र बाहिरिने ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको अनुमान छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण