नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

काठमाडौँ, २ कार्तिक । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् ।

दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो । नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि