भक्तपुरमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

काठमाडौँ, १ कार्तिक । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ ।’

शुक्रबार जिल्ला प्रशासनकार्यालय ललितपुरले आइतबारदेखिलागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना भाइरस परीक्षण गराएका

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।  गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी