अब छिट्टै नियमित काममा फर्कनेछुः सभापति पाल

काठमाडौँ, १ कार्तिक । संघिय सांसद महिला तथा सामाजिक समितिका सभापनि निरुदेवी पालले आफु चाँडैं नियमित काममा फर्कने बताउनुभएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भई हाल उपचारत रहनुभएकी सभापति पालले आफुलाई लामो समयदेखी निमोनिया भएका कारण केही स्वास्थ्यमा समस्या उत्पन्न भएको तर अवस्था सामान्य नै रहेको बताउनुभयो । कोरोना तथा अन्य सामान्य समस्याका कारण स्वासप्रश्वासमा केही समस्या भएको तर उपचारपछि क्रमिक रुपमा स्वास्थ्यमा सुधार भइरहेको बताउनुभयो ।

कडा खालका औषत्रीहरु चलाउनु पर्ने र प्लाज्मा थेरापि पनि तत्काल गर्नुपर्ने डाक्टरहरुको सल्लाह र सुझाव अनुसार हिजो महाकाली अस्पतालमाबाट काठमाडौँ टिचिङ अस्पलालको आइसीयुमा उहाँको उपचार भैरहेको छ । सभापति पाललाई असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘लामो समयदेखि निमोनियाको बिरामी भएर होला मलाई कोरोनाले पनि धेरैनै च्यापेको lungs कमजोर भएर पनि श्वासप्रश्वासमा निक्कै कठिनाई भयो र सुख्खा खोकिले पनि धेरैनै गारो गरापएछि कसैको फोन रिसिभ गर्न सकिन । महाकाली अस्पतालमा जुनमाया सेवा र सद्भाव पाय त्यसको लागि सिंगो अस्पताल परिवार प्रति आभारि छु । कडा खालका औषधीहरु चलाउनु पर्ने र प्लाज्मा थेरापी पनि तत्काल गर्नुपर्ने डाक्टर हरुको सल्लाह र सुझाव अनुसार हिजो काठमाडौँको टिचिङ अस्पलालको ICU मा उपचार भैरहेको छ । डाक्टरहरुको सल्लाह अनुसार आज प्लाज्मा थेरापी गर्ने भन्नुभाको छ । मेरो स्वास्थलाई लिएर धेरैनै चिन्ता र चासो ब्यक्त गर्नु हुने सबैमा हिर्दय देखीनै आभार ब्यक्त गर्दछु । सम्माननी प्रधानमन्त्री ज्युप्रति नतमस्तक छु । हिजो भन्दा केहि सजिलो महशुस भएको छ । आसा छ छिट्टै निको भएर काममा फर्किनेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली