मन्त्री चौधरीमा कोरोना पुष्टि

बुटवल, १ कार्तिक । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् ।

मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्री चौधरीले जनाएका छन् । अन्य ४ जनालाई भने कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले बताए ।

मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण