काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँमा आज बत्ती जाने

काठमाडौँ, १ कार्तिक । काठमाडौँका विभिन्न ठाउँमा आज बिजुली नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि, काठमाण्डौको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो । ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली नआउने प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयो ।

यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

यस्तै ट्रान्सफर्मर जोड्न तथा रुख काट्न कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

बिजुली मर्मतको काम निर्धारित समय अगावै सकिएलगत्तै बिजुली आउने पनि प्राधिकरणका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना भाइरस परीक्षण गराएका

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।  गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी