काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ ।
आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ । दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।





