मठमन्दिरमा नित्यपूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

काठमाडौँ, ३० असोज । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ ।

धार्मिक स्थलमा मानिसहरुको जमघट हुँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम रहने भन्दै गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई त्यस्तो परिपत्र गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले स्वास्थ्य मन्त्रालयले यी गतिविधिहरुमा रोक लगाउन लिखित आग्रह गरेका कारण सोही बमोजिम परिपत्र गरिएको जानकारी दिए । यस वर्षको नवरात्र शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक

काठमाडौँ, १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले