यस्तो छ ईश्वर पोखरेलको जिम्मेवारी सीमित गर्नुको कारण

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए ।

पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिनु उनको कार्यशैली र सेनासँगको तिक्ततापूर्ण सम्बन्धसँग जोडेर हेरिएको छ । देशमा कोरोना संक्रमणको दर बढ्दै गर्दा पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्था विभागमार्फत खरिद अघी बढाएको थियो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठेपछि पोखरेलले त्यसको जिम्मा आफू मातहतको सेनालाई दिए । तर, त्यसले सेनालाई विवादमा तान्ने काम मात्रै ग-यो ।

कतिसम्म भने सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामग्री समयमै ल्याउने तथा मागअनुसार ल्याउने विषयमा समेत सरकारी अधिकारीहरुबाटै सेनालाई अवरोध हुँदै आएको थियो । नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार सेनाले काठमाडौंबाट पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री सम्बन्धी विवरण ग्वान्जाओ नपुगी बीचमै हराउने गथ्र्याे ।

व्यापारीसँग खरिद गरेको सामग्री ल्याउन सेनाले खरिद गरेको स्वास्थ्य सामग्री आयातमा अवरोध र ढिलासुस्ती गराउन सरकारी अधिकारीकै सक्रिय भएको सेनाको आरोप छ ।

आफ्नो स्वार्थ पूरा गराउन सेनालाई जबरजस्त विवादमा तान्न खोजेकोप्रति सेनाले यस विषयमा खुलेरै असन्तुष्टि समेत व्यक्त गरेको थियो । फास्ट ट्रयाकमा अन्तर्राष्ट्रिय परामर्श दाता चयन गर्ने विषयमा पनि पोखरेलले व्यापारीको प्रभावमा परेर आफ्नो स्वार्थ लादन खोजेको सैनिक अधिकारीहरू बताउँछन् । सेनासँग सम्बन्ध चिसिँदै जानेक्रममा साउन दोस्रो साता रक्षा मन्त्रालयको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रममा पोखरेलले सेनाको कार्यशैलीमाथि व्यङग’ गर्दै ‘लकिरको फकिर’ जस्तो भएको बताएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह