मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि

झापा, २९ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनको घरकै आइसोलेसनमा बस्नु भएको छ । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुनुभएको छ । असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक

काठमाडौँ, १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले