सह-सचिव र उप-सचिवसहित ६ सय ३८ पदको लागि विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौँ, २९ असोज । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ ।

आयोगले राजपत्रांकित प्रथम श्रेणी सह-सचिव र द्वितीय श्रेणी उप-सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह(सचिव १ सय ८२ तथा उप(सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।

आयोगका अनुसार उप(सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ ।

संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह(सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो ।

जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरी ७४ पदमा विज्ञापन खुलेको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवातर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

loksewa

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा