काठमाडौँ उपत्यकामा दसैँमा घर गएकालाई फर्कन रोक लगाउने प्रस्ताव

काठमाडौँ, २९ असोज । सरकारले कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन गरेको छ । दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

‘अवस्थाबिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौँ,’ मन्त्रालय स्रोतले भन्यो, ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ लाई कोरोना पुष्टि भइसकेको छ ।

केहीले दसैँमा घर जान दिएर उपत्यकामा भीडभाड कम गर्न दिने र फर्कन रोक लगाउनुपर्ने प्रस्ताव पनि राखेका छन् । ‘दसैँमा मान्छे बच्चा डोर्याएर भए पनि घर जान्छन् । कर्फ्यू नै लगाए पनि कार्यान्वयन हुन सक्दैन,’ गृहमन्त्रालयका उच्च तहका कर्मचारीले भने, ‘अब लकडाउन र सिल सम्भव छैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा