काठमाडौँ, २९ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।
दिल्लीले राजस्थानलाई जितका लागि १६२ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४८ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ८ खेल खेलेको दिल्ली १२ अंकसँगै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । पराजित राजस्थान ८ खेलबाट ६ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।





