सभापति पाललाई कोरोना संक्रमण

काठमाडौँ, २८ असोज । संघिय संसद महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाललाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ ।

सभापति पालले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । काठमाडौँबाट हिजो मात्र आफ्नो क्षेत्र कञ्चनपुर पुग्नुभएकी सांसद पाललाई कोरोना पोजेटिभ देखिएको छ । साथै उहाँले आफुसँग सम्पर्कमा रहनुभएका महानुभवहरुलार्य सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ ।

उहाँले आफुलाई सामान्य रुघाखोकी, ज्वरो आएको साथै सास फेर्न केही समस्या भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ । उहाँले कोरोना पोजेटिभ देखिएता पनि छिट्टै कोरोेनालाई पराजित गरी नियमित काममा फर्कने उल्लेख गर्दै आफ्नो सुभचिन्तकलाई नआत्तिन समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘मलाई पनि कोरोना ले छोडेन । कसरी लाग्यो ? थाहा भएन । रुगाखोकी हल्का ज्वरो सासफेर्न गारो र जिउ मर्ने गरी दुखेपछि स्वाब दिदा पोजिटिभ देखियो । तर म यतिछिट्टै हार खादिन म यतिछिठ्टै यो संसारबाट बिदा हुन्न । अझ धेरै काम गर्न बाँकी छ । बलात्कारीका लागि कडा कानुन बनाउन बाँकी नै छ । कंचनपुरका विकास निर्माणका धेरै काम बाँकीनै छन् । समतामूलक समाज निर्माणको अभियान पुरा भएको छैन । महिला समितिले मेरै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाँकी छन् । अझ मैले धेरै काम पुरा गर्नुछ । त्यसैले मलाई विश्वास छ, म कोरोना जितेर छिट्टै काममा फर्किनेछु । मेरा शुभचिन्तक ज्युहरुलाई नआत्तिनुहोला भन्न चाहान्छु । साथै यो बिचमा मेरो सम्पर्कमा म सँग भेटहुनुभयका महानुभावहरुले सावधानी अपनाउनहुन बिनम्रतापुर्बक अनुरोध छ !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा