गोदावरी करिडोर शिलान्यास, ‘विकासको विरोध गर्नु विरता हैन, कायरता हो’: सांसद बस्नेत

भक्तपुर, २८ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ र ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नंं. ५ टिकाथलीको सिमानामा बग्ने गोदावरी खोलाको करिडोर शिलान्यास गरिएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवालको अध्यक्षता, सांसद बस्नेतको प्रमुख आतित्थ्यता तथा बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुख नवराज प्याकुरेलको विशेष आतित्थ्यतामा नेपाल सरकार वाग्मती सभ्यताको रु ७ करोडको लागतमा चालु आर्थिक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो । उक्त करिडोर १० मिटर खोला र दायाँ बायाँ १०/१० मिटरको सडक रहने गरी निर्माण गरिने भएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले बाग्मती नदीको सफाईमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको पहलकदमीमा सफाईसँगै एकिकृत ढंगले करिडोर निर्माणको काम अघि बढाईएको सोही अनुसार अहिले उपत्यकाका विभिन्न खोलाहरुमा करिडोर निर्माणको कार्य भइरहेका बताउनुभयो । सोही योजना अनुसार नै काठमाडौँ उपत्यकाका विभिन्न नदी तथा खोलाहरुमा करिडोर निर्माण प्राथमिकताका साथ भइरहेको उल्लेख गर्दै उहाँले आफु उद्योगमन्त्री भएको समयमा काठमाडौँ उपत्यकाका जग्गा पास गर्दा ०.५ प्रतिशत कर लागाई बागमती सभ्यता कोषमा जम्मा गर्ने सरकारबाट निर्णय भए अनुसार वर्तमान समयमा वाग्मती सभ्यताले विकास निर्माणका कार्यहरुलाई सोही रकमको प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन महत्वपूर्ण सहयोग गरिरहेको समेत जानकारी गराउनुभयो ।

भक्तपुरको क्षेत्रमा करिडोर निर्माणको पर्खाल लागेको तर ललितपुर क्षेत्रमा नबनेको भन्ने जनतको गुनासो आएकाले त्यो गुनासोलाई सम्बोधन गर्न आफुले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई अन्य क्षेत्रको विकासलाई समेत नेतृत्व लिई अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर, ललिपुरको मात्र हैन, आवश्यकता अनुसार विकास र समृद्धिको नेतृत्व गरी अघि बढ्नुपर्छ । विकास गर्न आफ्नो क्षेत्रमात्र हैन, आवश्यता अनुसारको नेतृत्व हुन्छ । जनताको दुःख सुखको सारथीको रुपमा वर्तमान जनप्रतिनिधि हाजिर भएका हुन्छन् । जनतालाई दिएको पुरा गर्छौं । जसमा गोदावरी खोलाको करिडोर निर्माण गर्न ललितपुरका जनतालाई आफुले दिएको बचन पुरा गर्ने क्रममा अघि बढेको छ । ढुक्क हुनुस्, जनताको गुनासो सम्बोधन हुन्छ, जे बोल्छौं, त्यो गर्छौं ।’

करिडोर क्षेत्रका जनतामा भएका कतिपय संका उपसंकालाई समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँल विगतको सरकारले जनताको भावनाको प्रतिनिधित्व नगरेको तर वर्तमान सरकारले जनताको भावना, अवश्यकता र प्राथमिकताको आधारमा काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरमा दुई वर्षमा भएका कामहरुबाट नै प्रष्ट भइसकेको छ । आयोजना निर्माण गर्दा जनतालाई अन्याय हुन नदिने साथै थालेका कुनै पनि आयोजनालाई रोकावट समेत हुन दिँइन्न । विकासको विरोध गर्नु भनेको विरता हैन, कायरता हो । आयोजना निर्माणका क्रममा जनतालाई अन्याय नहोस् भन्नकै लागि हनुमन्ते जग्गा एकिकरण आयोजनाहरुको जन्म भएको जसले गर्दा उक्त क्षेत्रका जनताको भावनालाई सम्बोधन गर्छ । जनतालाई समस्या पैदा हुने गरी कुनै पनि आयोजना अघि बढ्दैन ।’

विगतमा बजेट नभएर गुनासो हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले हनुमन्ते करिडोर निर्माणको हालसम्म ४८ प्रतिशत प्रगति भएको र बाँकी चालु आर्थिक वर्षभित्रमा नै सम्पन्न गर्नुपर्ने वाध्यता रहेको बताउनुभयो । हनुमन्ते करिडोर निर्माण गर्न सरकाबाट ठूलो रकम विनियोजन भएको जानकारी गराउँदै उहाँले ललितपुरको बालकुमारीदेखी भक्तपुरको राधेराधेसम्म निर्माण सम्पन्न गरी अरनिको राजमार्गको बैकल्पीक सडकको रुपमा समेत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । हनुमन्ते करिडोर निर्माण सम्पन्न भएपश्चात भक्तपुरको विकासको मेरुदण्डको रुपमा समेत हुने भएको छ । जसले गर्दा राजमार्गमा हुने सवारी जामको न्युनिकरण तथा दैनिक जसो हुने सवारी दुर्घटना समेत कम हुने विश्वास लिइएको छ ।

हनुमन्ते करिडोरले भक्तपुरवासीको विकास र समृद्धिको चाहनालाई धेरै मात्रामा पुरा गर्ने उल्लेख गर्दै उहाँले विकासलाई विरोधको खेती बनाउनु नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विकास रोक्नु भनेको आफ्नो टाउकोमा आफै एसिड खन्याउनु जस्तै हो । समस्या भए वार्ता तथा छलफल गरौं । वार्तामा पनि नआउने अनि विकासको विरोध मात्र गरेर करिडोर निर्माण रोकिन्न । अगाडी फेस गर्न नसक्ने अनि भित्र भित्रै चुक्ली खेल्नुको कुनै औचित्य छैन ।’

करिडोरसँगै बालुकमारीदेखी रानीकोटसम्म रु ४० करोडको लागतमा बैकल्पीक सडक निर्माणको कार्य तिव्र गतिमा भइरहेको जसले गर्दा सुगम ठाउँभित्रको दुर्गम जस्ता उक्त क्षेत्रभित्र पर्ने सम्पूर्ण ठाउँका नागरिकलाई जनप्रतिनिधि भएको आभास हुने उहाँले विश्वास दिलाउनुभयो । त्यस्तै उहाँले भक्तपुरमा भइरहेका विकास आयोजनाले हजारौं जनतालाई रोजगारी तथा अर्थतन्त्रलाई समेत सहयोग गरिरहेको तथ्यपुरक रुपमा प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० कार्तिक । आज दशैंको टीकाको दिन देशभर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।