सांसद पहाडीको निधनप्रती प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य तथा सञ्चारकर्मी सानु शिवा पहाडीको निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट पहाडी प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । ताप्लेजुङ् जस्तो दुर्गम् तथा बिकट जिल्लामा जन्मिएर कलिलो उमेरदेखि नै जनपक्षिय सांस्कृतिक अभियानमा सामेल भएर नेपाली समाजको रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालबाट दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका