महान्यायाधिवक्ता खरेलको चेतावनीः अपराधिक घटना मिलापत्र तथा समझदारी गराए अक्षम्य

काठमाडौँ, २८ असोज । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कारका घटना सभ्य समाजका लागि कलंक भएको भन्दै मिलापत्र र समझदारी गराउनु कसूरजन्य कार्य हुने उल्लेख गर्दै अपराधिक घटनाहरु मिलापत्र तथा समझदारी गराए अक्षम्य हुने चेतावनी दिनुभएको छ ।

महान्याधिवक्ता खरेलले विज्ञप्ती निकाल्दै बलात्कारका घटनामा जनप्रतिनिधिकै संलग्नतामा मिलापत्र र समझदारी भएको समाचारहरू आएको भन्दै त्यसो गर्नु कसूरजन्य कार्य रहेकाले अक्षम्य हुने उहाँले चेतावनी दिनुभएको हो ।

बलात्कारको घटना सरकारवादी मुद्दा रहेकाले त्यस्ता घटनामा मिलापत्र गराउन जनप्रतिनिधि संलग्न भए कडा कानुनी कारबाही हुने चेतावनी दिँदै उहाँले जनप्रतिनिधि बलात्कारका घटना मिलापत्र गराउन संलग्न भए कानुनी कारबाहीको दायरमा ल्याउन मातहतका अनुसन्धान अधिकारीहरु सरकारी वकिललाई निर्देशन दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसूरको अनुसन्धानको प्रक्रियामा यस्ता विषयमा सम्बद्ध पीडित, नागरिक समाज, जनप्रतिनिधि एवम् सरोकारवाला निकायबाट समुचित सहयोग हुनेछ भन्ने विश्वास लिएको छु । यो क्रममा सबै सरकारी वकिल कार्यालयलाई सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय गरी यस्ता कसुर विरुद्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नका लागि निर्देशन गरिएको छु ।’

गम्भीर प्रकृतिका कसूरमा सहमति भएको समाचारका सम्बन्धमा ।पछिल्लो समयमा श्रृंखलाबद्ध रुपमा जवरजस्ती करणीसम्बन्धी घटनाहरु…

Posted by Office of The Attorney General, Nepal on Tuesday, 13 October 2020

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण