जिल्ला बाल संगठन भक्तपुरको अध्यक्षमा खड्का नियुक्त

भक्तपुर, २८ असोज । जिल्ला बाल संगठन भक्तपुरको अध्यक्षमा राजेश खड्का नियुक्त हुनुभएको छ ।

नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले मंगलबार नेपाल बाल संगठन भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष खड्काले बालबालिकाको हकहितका लागि आफुले कार्य गर्ने उल्लेख गर्दै जिल्लामा बालश्रम अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नवनियुक्त खड्का तत्कालिन युवा संघ नेपाल भक्तपुर क्षेत्र नं. १ का अध्यक्ष समेत रहनुभएको थियो । त्यस्तै उहाँ विभिन्न सामाजिक तथा व्यवसायीको क्षेत्रमा समेत संलग्न हुनुहुन्छ । समाजलाई रुपान्तारित गरी सभ्य, सुसस्कृत तथा समतामुलक समाज निर्माणमा विगत लामो समयदेखी निरन्तर लागि रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा