विश्वभर एकै दिन ३ लाख १३ हजारमा कोरोना पुष्टि

काठमाडौँ, २८ असोज । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ । संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ९७७ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ९० हजार २२५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७२ लाख ३७ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख १४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३३ हजार जनाको मृत्यु भएको छ । ६२ लाख ५५ हजार १९८ जना संक्रमित भएकोमा ३० लाख ६८ हजार ५७६ जना संक्रमणमुक्त भएका छन्

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागृ संगठन नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष

चितवन, १५ कार्तिक । शिशिर सिंखडा । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर

काठमाडौँ, १५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको